धनगढीमा तेस्रो लिङ्गीहरुको आतंक, सडकमा हिँड्नेलाई सताउने ६ जना समातिए


काठमाडाैं- कैलालीको धनगढीस्थित सडकमा हिँड्ने पुरुषहरुलाई सताउने ६ जना तेस्रो लिङ्गीलाई प्रहरीले पक्राउ गरेको छ । अस्ति असार ७ गते राति १० बजेतिर धनगढी उपमहानगरपालिका– ३ चटकपुरमा हिँड्नेहरुलाई हरानी दिएको भन्दै उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ पर्नेमा पर्साको विरगञ्ज महानगरपालिका–४ बस्ने २५ वर्षीा उर्मिला थापा, धनगढी–६ बस्ने १९ वर्षीय रेनु सिंह ठकुरी, कैलालीको गौरीगंगा नगरपालिका–५ बस्ने १८ वर्षीय पारु ठकुरी, सोही नगरपालिकाको वडा नम्बर ४ बस्ने १९ वर्षीय अनु मगर, कञ्चनपुरको पुर्नवास नगरपालिका–१० बस्ने १९ वर्षीय निशा खड्का र बझाङको जयपृथ्वी नगरपालिका–१० बस्ने १८ वर्षीय निशा बोहरा रहेका छन् ।

उनीहरुलाई वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक जनक राज ढुङ्गानाको कमाण्डमा खटिएको टोलीले समातेको थियो । पक्राउ परेका सबैमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया