आफन्तले नै लुटेका थिए नक्कली इन्सपेक्टर बनेर भक्तपुरमा २ करोड !


काठमाडौं – आफुलाई प्रहरीको इन्सपेक्टर भन्दै भक्तपुरमा २ करोड लुटपाट गर्ने गिरोहमा आफन्तको समेत संलग्नता रहेको खुलेको छ ।

एक उच्च प्रहरी अधिकारीका अनुसार घटनामा आफन्तको समेत संलग्नता देखिन्छ ।

घटना मंगलबार रातिको भएपनि ढिलोगरी खबर बाहिरीएको थियो ।

भक्तपुरका एक व्यवसायीको घरबाट दुई करोड रुपैयाँ लुटपाट भएको हो । आफूहरू प्रहरी भएको भन्दै चार÷पाँचजनाको समूहले दधिकोटका एक व्यवसायीको घरबाट उक्त नगद लुटपाट गरेका थिए ।

सीसीटिभी फुटेजका आधारमा लुटपाटमा संलग्नको पहिचान भएको थियो । आधिकारिक रुपमा प्रहरीले घटनाबारे केही बताउन चाहेको छैन् ।

भक्तपुर प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानका क्रममा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया