कोहलीलाई आँखा देखाएपछि तान्जिमको पोष्टमा गालीको वर्षा


काठमाडौं- केही दिनअघि नेपालका कप्तान रोहितकुमार पौडेलसँग विवाद गरेको भन्दै कारबाहीमा परिसकेका बंगलादेशका बलर तान्जिम हसन साकिबमाथि अहिले गालीको वर्षा भइरहेको छ ।

अस्ति भएको भारत विरुद्धको खेलमा खेलमा तन्जिमले विराट कोहलीलाई आउट गरेपछि आँखा देखाएर उत्सव मनाएका थिए । उक्त खेलमा कोहलीले २८ बलमा ३७ रनको इनिङ खेलेका थिए तर ठूलो सट प्रहार गर्ने क्रममा कोहलीलाई बंगलादेशी फास्ट बलर तन्जिम हसनले आउट गरेका थिए ।

त्यसपछि बलरले कोहलीलाई रिस उठाउँदै र चुनौती दिएर यो उत्सव मनाए । यद्यपि कोहलीले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । तर उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

आफ्ना आइडललाई आँखा देखाएको भन्दै कोहलीका फ्यानले तान्जिमको इन्टाग्राम आइडीमा राखिएका पोष्टमा धमाधम गाली गरिरहेका छन् ।

रोहितसँग विवाद गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आईसीसी)ले तान्जिमलाई कारबाही गर्दै उक्त खेलको १५ प्रतिशत म्याच फी काटेको थियो।

 

View this post on Instagram

 

A post shared by ICC (@icc)

 

प्रतिक्रिया