टिकटकबाट नाबालिगहरुलाई फसाउने, ठमेलको ‘ए वान स्पा’ सेन्टरमा वेश्यावृत्ति गर्न लगाउने


काठमाडौं- नाबालिगलाई वेश्यावृत्तिमा लगाउने स्पा सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका-८ घर भई टोखा बस्ने ४१ वर्षीय रेशम गुरुङ र मकवानपुरको बागमती गाउँपालिका-९ घर भई सातदोबाटो बस्ने ३३ वर्षीया मखमली माया स्याङतान रहेका छन् ।

उनीहरूले काठमाडौंको ठमेलमा सञ्चालन गरेको ए वान स्पा सेन्टरमा  नाबालिकाहरूलाई विभिन्न किसिमको डरत्रास र प्रलोभनमा पारी वेश्यावृत्तीमा लगाउने प्रहरीले जनाएको छ ।

उनीहरूले ग्रामीण क्षेत्रका आर्थिक अवस्था कमजोर भएका नाबालिकाहरुलाई टिकटकबाट कुराकानी गरी राम्रो आम्दानी हुने ब्यूटीपार्लरमा काममा लगाईदिने प्रलोभन देखाई  काठमाडौं आउने भाडा समेत पठाएर ल्याएको खुलेको छ ।

पक्राउ परेका दुवैजनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया