जेलमै रहने भए दिल्लीका मुख्यमन्त्री केजरीवाल


काठमाडौं- रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको मुद्दामा जेल परेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा छाड्ने दिल्लीको राउज एभेन्यु अदालतको आदेशमा दिल्ली उच्च अदालतले रोक लगाएको छ ।

मुख्यमन्त्री केजरीवाललाई धरौटीमा छाड्ने अदालतको आदेशविरुद्ध प्रवर्तन निर्देशनालय (ईडी) ले दायर गरेको रिटमा आफ्नो आदेश नआएसम्मका लागि उच्च अदालतले केजरीवालको धरौटीमा रोक लगाएको बीबीसीले जनाएको छ ।

दिल्लीको राउज एभेन्यु अदालतले केजरीवाललाई आजै धरौटीमा छाड्न आदेश दिएको थियो । रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको मुद्दामा ईडीले दिल्लीका मुख्यमन्त्री केजरीवाललाई गएको मार्चमा पक्राउ गरेको थियो ।

प्रतिक्रिया