प्रहरी चौकीमै नाबालिकामाथि बलात्कार, कञ्चनपुर घर भएका प्रहरी जवान पक्राउ


काठमाडाैं- १७ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आपरोपमा प्रहरी जवान पक्राउ परेका छन् । मकवानपुरकाे  प्रहरी चौकी भार्तामा कार्यरत प्रहरी जवान २४ वर्षीय सन्तोष बोट  पक्राउ परेका हुन् ।

कञ्चनपुर घर भएका प्रहरी जवानविरुद्ध ८ कक्षामा अध्ययनरत १७ वर्षीया नाबालिकाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गरेपछि पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजालले जानकारी दिए ।

उनी  १६ जेठमै पक्राउ परेका थिए । उनले अभिभावकविहीन नाबालिकालाई प्रेमको बहानामा पटक-पटक जबरजस्तीकरणी गरेको जाहेरीमा उल्लेख छ ।  यस्तै  नाबालिकाले भार्ता प्रहरी चौकीको भान्सा कोठामा लगेर जवानटले पटक-पटक जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेकी छन् ।

पक्राउ परेका उनीमाथि अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा फाइल  पठाइसकेको मकवानपुर प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया