धनगढीमा मृत भेटिए चौरपाटीका साउँद


कैलाली – कैलालीमा एकजना युवक मृत भेटिएका छन् । अछामको चौरपाटी गाउँपालिकाको वडा नम्बर २ का १७ वर्षीय विरमल साउँद झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

उनी धनगढी उपहानगरपालिकाको जाली सामुदायक वनमा बिहीबार बिहान ९ः४५ बजे झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनी बुधबार साँझ साथिको घरमा जान्छु भनेर गएको तर बिहीबार बिहान झुण्डिएको अवस्थामा फेला परेको कैलाली प्रहरीका प्रवक्ता कविन्द्र बोहराले बताए ।

घटनाको अनुसन्धान भइरहेको र पोष्टमार्टम पछि कारण पत्ता लाग्ने प्रहरीले जनाएको छ ।  उनको शव अहिले पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएका छ । उनी धनगढीको हसनपुमा डेरा गरी बस्दै आएका थिए ।

प्रतिक्रिया