

ब्याटरले जिम्मेवारी लिएको भए नतिजा अर्कै हुन सक्थ्यो : कप्तान पौडेल

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इन्डिजमा ब्याटिङ पिच असहज भएको बताएका छन् ।
टी–२० विश्वकपमा सहभागी भएर स्वदेश फर्किएपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले दक्षिण अफ्रिकासँगको खेलमा ब्याटिङ राम्रो गर्न नसक्दा खेल हारेको बताएका छन् । ‘ब्याटरले अलिक जिम्मेवारी लिएको भए नतिजा अर्कै हुन सक्थ्यो,’ उनले भने ।
अबको विश्वकपका लागि नेपालले राम्रो टोलीसँग तयारी गर्दा नतिजा आउन सक्ने उनले बताए । ‘पछिल्लो समय नेपाली टोलीले सुधार गरिरहेपनि देशबाहिर एक्पोजर पायौँ भने राम्रो गर्न सक्छौँ होला। घरेलु मैदानमा त राम्रो गरिरहेका छौँ, अब क्यानसँग छलफल गरेर बाहिरको मैदानमा एक्पोजरको जरुरी छ,’ उनले भने ।

