

जापानमा ‘मासु खाने ब्याक्टेरिया’को संक्रमण, ४८ घण्टाभित्र मानिसलाई मार्न सक्ने

काठमाडौं- जापानमा एक दुर्लभ मान्छेको मासु खाने ब्याक्टेरियाको कारणले एक रोग फैलिएको छ । जसले ४८ घण्टा भित्र मानिसलाई मार्न सक्छ ।
राष्ट्रिय संक्रामक रोग संस्थानका अनुसार स्ट्रेप्टोकोकल टक्सिक शक सिन्ड्रोम (एसटीएसएस) एक आक्रामक रोग हो जुन संक्रमण भएको ४८ घण्टा भित्रमा घातक हुन सक्छ । मानव तन्तुलाई मार्ने भएकोले यसलाई मासु–खाने ब्याक्टेरिया भनिएको हो । यो रोगको जोखिम ५० वर्षभन्दा माथिका मानिसमा बढी हुन्छ ।
ब्लूमबर्गका अनुसार जापान बाहेक अन्य मुलुकमा पनि यो ब्याक्टेरिया फेला परेका छन् । सन् २०२२ को अन्त्यसम्म युरोपको ५ मुलुकमा एस.टी.एस.एस ब्याक्टेरिया देखिएको थियो । यो ब्याक्टेरिया घातक र नयाँ नभए पनि निकै दुर्लभ मानिन्थ्यो । तर पछिल्लो समय जापानमा बढ्दो क्रममा फैलिएको यो संक्रमणले विश्वको ध्यान खिचेको छ ।
यो संक्रमण नयाँ नभएका कारण नेपालमा पनि हुन सक्ने यसका जानकारहरुको बुझाई छ । नेपालमा पनि समुह ’ए’ इस्ट्रेपटोकोक्कस जी.ए.एस ब्याक्टेरिया सम्बन्धि बिभिन्न अध्ययन अनुसन्धान नेपालमा पनि भएका छन् । तर अनुबांशिक स्तरमा अध्ययन नभएका कारण जापानमा देखिएको यस्तो खालको ब्याक्टेरिया नेपालमा छ वा वा छैन भनेर यकिनका साथ भन्ने अवस्था छैन ।

