पाेशाक नलगाएको भन्दै रुकुममा विद्यालय नर्सले कुटिन् विद्यार्थी


रुकुम पश्चिम- रुकुम पश्चिममा एक विद्यालय नर्सले  विद्यार्थीमाथि निलडाम हुनेगरी कुटपिट गरेकी छिन् ।

मुसिकोट नगरपालिका– १ मा रहेको त्रिपुरा माविमा नगरपालिकाबाट करारमा नियुक्त विद्यालय नर्स शर्मिला खड्काले ४ देखि १० कक्षाका केही विद्यार्थीमाथि कुटपिट गरेकी हुन् । उनले विद्यालयको पोशाक नलगाएको भन्दै  विद्यार्थीलाई चउरमा लाइन लगाएर लठ्ठीले कुटेकी अभिभावले बताएका छन् ।

अभिभावले छोराछोरीको शरीरमा घाउ, चोट देखेपछि सोधपुछ गर्नेक्रममा उक्त घटना बाहिर आएको हो । प्रधानाध्यापक शंकर रावलले विद्यार्थीमाथि कुटपिट भएको घटना स्वीकार्दै विद्यार्थी र अभिभावसँग माफी मागेको बताएका छन् ।

 

 

प्रतिक्रिया