गैरकानूनी रूपमा बसिरहेका १२ विदेशी नागरिकलाई फर्काइँदै


पोखरा – पर्यटक प्रहरी कार्यालय पोखराले गैरकानूनी रूपमा बसिरहेका १२ विदेशी नागरिकलाई फर्काउने प्रक्रिया शुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार पर्यटक प्रहरी कार्यालय पोखराले जिल्ला प्रहरी कार्यालय कास्कीसँगको सहकार्यमा फिर्ताको प्रक्रिया शुरु गरेको हो।

पोखरा महानगरपालिका-६ लेकसाइडमा बस्दै आएका क्यानडाका नागरिक र वडा नं. १८ मा बस्दै आएको जर्मनीका नागरिकलाई फेला पारेर कारबाहीका लागि अध्यागमन विभाग काठमाडौंमा पठाइएको छ।

पर्यटक प्रहरी कार्यालय कास्कीले गत अप्रिलदेखि हालसम्मको अवधिमा अनुमति प्राप्त गरेको समयभन्दा बढी समय बसेका यूके, क्यानडा, जर्मनी, इजरायल, चिली, कोस्टारिका र कङ्गोका १२ विदेशी नागरिक फेला पारेको हो। उनीहरूलाई सम्बन्धित देशमा फिर्ता पठाउन अध्यागमन शाखा कार्यालय कास्कीमार्फत अध्यागमन विभाग काठमाडौं पठाइएको छ।

 

प्रतिक्रिया