सर्लाहीमा रोकिराखेको लरीमा बस ठोक्किँदा ३ को मृत्यु, केही घाइते 


सर्लाही – सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रुपन्देहीबाट जनकपुर आइरहेको बस दुर्घटना भएको हो ।

बिहीबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती नगरपालिका–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रुबाहक बस ठोक्किँदा तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै उद्धार गरी उनीहरूलाई हरिवनस्थित नमूना अस्पताल पुर्‍याइएको थियो । तर, अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए । प्रहरीका बसमा ४० जना सवार थिए ।

दुर्घटनामा केही यात्रु घाइतेसमेत भएका छन् । त्यसमध्ये गम्भीर घाइतेको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया