डीआईजी दुर्गा सिंहको निर्देशन : व्यवसायीक र कर्तव्यनिष्ठ भएर काम गर्नु


काठमाडौं– गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी डीआईजी दुर्गा सिंहले व्यवसायीक र कर्तव्यनिष्ठ भएर काम गर्न महाततका प्रहरीलाई निर्देशन दिएकी छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीमा निरीक्षणका क्रममा उनले यस्तो निर्देशन दिएकी हुन् ।

डीआईजी सिंहले कार्यालयबाट सम्पादित काम कारवाही सेवा प्रवाह र गुनासो सम्बोधनको विषयमा स्थलगत रुपमा निरीक्षण समेत गरेकी छन् ।

उनले म्याग्दी प्रहरी कार्यालयका कर्मचारीहरुको व्यक्तिगत, अपराध अनुसन्धान शाखा, महिला बालबालिका तथा जेष्ठ नगारिक सेवा केन्द्र, कार्य शाखा, सामुदायिक शाखा, प्रशासन शाखा, प्रवन्ध शाखा, हिरासत कक्ष, प्रहरी परिचालन कक्ष, ब्यारेक समेतको निरीक्षण गरेकी छन् ।

सम्पुर्ण प्रहरी कार्यालयहरुको भौतिक संरचना, जनशक्ति व्यवस्थापन तथा प्रहरी गतिविधिबारे जानकारी समेत डीआईजी सिंहले लिएकी छन् ।

आत्महत्या, महिला तथा बालबालिका विरुद्ध हुने हिंसा प्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै त्यस्ता हिंसा न्यूनिकरणको लागि गम्भीरतापूर्वक लाग्न डीआईजी सिंहले निर्देशन दिइन् ।

प्रतिक्रिया