

बैंक अफ काठमाण्डूमा तीन नयाँ सञ्चालक निर्विरोध निर्वाचित

काठमाडौं – बैंक अफ काठमाण्डूको विशेष साधारणसभा आयोजना गरेको छ ।
उक्त विशेष साधारण सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु गोविन्दप्रसाद शर्मा, मदनलाल जोशी र अमृता उप्रेतीलाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।
बैंकले हाल ९० शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आएको छ ।

