६ किलो सुन र ४८ लाख रुपैयाँसहित पक्राउ परेका सोनाम गुरूङ सार्वजनिक
काठमाडौं – प्रहरीले काठमाडौंबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित पक्राउ परेका व्यक्ति सार्वजनिक गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले उनलाई सार्वजनिक गरेको हो ।
सार्वजनिक भएका व्यक्ति शेरब ग्याल्मो भनिने ३७ वर्षीय सोनाम गुरूङ छन् । उनी बौद्ध तिनचुली चारघरेमा डेरा गरि बस्दै आएका थिए ।
सिआइबीका अनुसार उनको साथबाट नेपाली नागरिकता समेत बरामद भएको छ ।
उनी अवैध सुन भन्सार चोरी पैठारीमा संलग्न भएको खुलेको सिआइबीले जनाएको छ ।