‘हनि ट्रयापर’ शोभा पाठक हिरासतमै रहने, तारा बरालको अनुसन्धान सकिँदै


काठमाडौं– भीआइपी टार्गेट गरेर ‘हनि ट्रयाप’ मा पर्ने शोभा पाठक अझै केहि दिन अनुसन्धानका लागि प्रहरी हिरासतमै रहने भएकी छन् ।

दुईजना पीडित महिलाको उजुरीका आधारमा साइबर ब्युरोको टोलीले छुट्टाछुट्टै समयमा तारा बराल र शोभा पाठकलाई पक्राउ गरेको थियो ।

तारा बराल यसअघि नै साइबर ब्युरोको नियन्त्रणमा थिइन भने शोभालाई ललितपुरको पुल्चोकबाट पक्राउ गरिएको थियो ।

ताराविरुद्ध १० दिनको म्याद लिएको ब्युरोको टोलीले अनुसन्धान अन्तिम चरणमा रहेको र छिट्टै अदालत पेश गरिने ब्युरोका एसपी दिपकराज अवस्थीले जानकारी दिए ।

उनका अनुसार शोभालाई भने आज द्रोसोपटक म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिदैछ ।

यसअघि ५ दिनको म्याद लिइएपनि अनुसन्धान पुरा नभएपछि दोस्रोपटक हिरासतमा राख्न अनुमति लिन लागिएको एसपी अवस्थीले जानकारी दिए ।

तारा र शोभा उनीहरु दुवैको नाम राजनीतिक दलका उच्च तहका नेता,सुरक्षा निकायका उच्च अधिकारीसंग जोडिएको थियो । दुवैले सामाजिक सञ्जालमार्फत व्यक्तिको चरित्रहत्या गर्ने लगायतका अपराधिका कार्य गरेको उजुरीका आधारमा उनीहरु पक्राउ परेका हुन ।

प्रतिक्रिया