कृषि सहकारीका सञ्चालक थापासहित ४ जना पक्राउ


काठमाडौं – कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक तेजविक्रम थापासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बचतकर्ताको २ अर्ब ८२ करोड रुपैयाँ रकम अपचलन गरेर फरार भएका थापासहितका सञ्चालकलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरिएको स्रोतले बताएको छ । कार्यालयले आज एक कार्यक्रममार्फत् उनलाई पौने १२ बजे सार्वजनिक गर्ने पनि जनाइएको छ ।

सहकारी प्रकरणबारे छानबिन गर्न बनेको संसदीय समितिको कार्यादेश (टीओआर) मा पनि उक्त सहकारीको नाम उल्लेख गरिएको छ ।

थापा संलग्न कृषि सहकारीको पनि छानबिन हुने टीओआरमा उल्लेख गरिएको छ । समस्याग्रस्त र सार्वजनिक रुपमा प्रश्न उठेका २९ सहकारी संस्थाको नाममा उक्त सहकारीको नाम उल्लेख गरिएको छ ।

प्रतिक्रिया