आयातित वस्तुको भ्याट बिल काट्दा ‘एचएस कोड’ अनिवार्य उल्लेख गर्नुपर्ने


काठमाडौँ – अब हरेक व्यवसायीले आयातित वस्तु बिक्री गर्न भ्याट बिल काट्दा हार्मोनाइज्ड कोड (एचएस कोड) अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने भएको छ ।

सरकारले मूल्य अभिवृद्धि कर नियमावली २०५३ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । नियमावलीको नियम १७ को उपनियम (१) र अनुसूची ५, ५ख र ६ मा समावेश कर बिजकको ढाँचामा नयाँ संशोधनले परिमार्जन गरेको छ ।

नियमावलीको नियम १७ (१)मा संशोधन गर्दै ‘आयातित सामान भए भन्सार प्रज्ञापनपत्रमा उल्लेख भए बमोजिमको वस्तुको कम्तीमा सुरुको चार अंकको हार्मोनाइज्ड कोड’ पनि कर बिजकमा खुलाउनुपर्ने व्यवस्था गरेको छ ।

सोही व्यवस्थाअनुरूप परिमार्जित अनुसूचीहरूमा बिक्री गरिने वस्तुहरूको विवरणभन्दा अगाडि नै एचएस कोड उल्लेख गर्नुपर्ने गरी कोलम थपिएको छ । यस्तो अवस्थामा अब कुनै पनि विक्रेताले आयातित वस्तुको बिक्री गरी बिल काट्दा अनिवार्य रूपमा एचएस कोड उल्लेख गर्नुपर्ने हुन्छ ।

नेपालले पनि आयातित वस्तुको बिक्री गर्दा काटिने भ्याट बिलमा एचएस कोड उल्लेख गर्नुपर्ने नियम बनाएको हो ।

प्रतिक्रिया