
जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादवको एकल उम्मेदवारी
जनकपुर – जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशनमा अध्यक्ष बाहेकको पदका लागि निर्वाचन हुँदैछ ।
चुनावी प्रतिष्पर्धाका लागि उम्मेदवारी दर्ताको सूची सार्वजनिक भएको छ । महाधिवेशनअन्तर्गतको निर्वाचन समितिले अध्यक्षमा उपेन्द्र यादवको एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ । एउटा सहअध्यक्ष पदका लागि लालबाबु राउत, रकम चेम्जोङ र राजकिशोर यादवले उम्मेदवारी दिएका छन् ।
यस्तै, पाँच उपाध्यक्षका लागि १७ पुरुष र ६ महिला गरी २३ जनाको उम्मेदवारी परेको छ । पुरुषतर्फ मृगेन्द्रकुमार सिंह यादव, हरिनारायण यादव, आङ देन्डी शेर्पा, विद्युत बज्राचार्य, अर्जुन थापा, गोविन्द चौधरी, शिवलाल थापामगर, सरोजकुमार यादव, मोहम्मद खालिद, प्रकाश अधिकारी, बच्चा राउत अहिर, सुरेन्द्रप्रसाद कुर्मी, रामबचन अहिर यादव, मानध्वज बलोन, अमरेशनारायण झा, राजन केसी र सुमनकुमार चौधरी उम्मेदवार छन् ।
महिलातर्फ रेखा यादव, लीलादेवी सिटौला, शोभा देवी, सुनी लामा, सविता यादव र राधा थापाको उम्मेदवारी परेको छ । दुई जना महासचिवका लागि बोमबहादुर दर्लामी मगर (आदिवासी), रामकुमार शर्मा, विजय कुमार, दीपक कार्की, मनीषकुमार सुमन र अशोककुमार यादवको उम्मेदवारी परेको छ ।
सहमहासचिवमा खुलातर्फ डा सुरेन्द्रकुमार यादव, रामबाबुप्रसाद यादव, रामकिशोरप्रसाद यादव, राजकुमार राय, योगेन्द्र राय यादव, शैलेन्द्रप्रसाद साह, सुरेशकुमार मण्डल, डा जयप्रकाश राय यादव र जयराम यादव तथा महिलातर्फ सीताकुमारी यादव, विनिताकुमारी यादव र निर्मला यादव उम्मेदवार छन् । कोषाध्यक्षमा रेणुकुमारी यादव, बलराम महतो र सञ्जयकुमार यादवको उम्मेदवारी परेको छ । यस्तै सचिवमा ३४ जनाले उम्मेदवारी दिएका छन् ।



कागजपत्र |
