गोठमा लगेर किशोरीमाथि बलात्कार,गर्भ रहेपछि पक्राउ


काठमाडौं -भोजपुरमा १४ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका–९ बस्ने २५ वर्षीय रिठ्ठे भनिने विशाल मगर रहेका छन् ।

मगरले ती बालिकाको घर नजिकै रहेको गोठमा गत वैशाख ७ गते बेलुकी बलात्कार गरेको र गर्भ समेत रहेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुर समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

विशाल उपर ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया