

काठमाडौंसहित विभिन्न स्थानमा चारजना मृत फेला

काठमाडौं– काठमाडौंसहित विभिन्न स्थानमा चारजना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका–२२ संकटा मन्दिर परिसरभित्र रहेको राजकृति महाविहार मन्दिरको ढोका अगाडि दोलखा मेलुङ गाउँपालिका–६ घर भएका ६१ वर्षीय डम्बर बहादुर नेपाली मृत अवस्थामा फेला परेका छन् ।
दाङ, गढवा गाउँपालिका–५ ठुलिचौर बस्ने ५५ वर्षीय चन्द्रवान नेपाली सोही ठाउँस्थित सालघारी वनको खोल्सामा मृत अवस्थामा फेला परेका छन् । मंगलबार लहरा काट्न भनी गएका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।
पर्सा, जगरनाथपुर गाउँपालिका–१ बिशुनपुर्वा टोलस्थित ओरिया खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय र ६० वर्षीय २ जना पुरूषको शव बालुवामा पुरिएको अवस्थामा फेला परेको छ ।
सिरहा, कल्याणपुर नगरपालिका–९ डुमरीस्थित रामजानकी मन्दिरको धर्मशालाको प्राङ्गणमा सोही नगरपालिका–२ चत्तरी बस्ने ४२ वर्षीय धनिकलाल खत्वे मण्डल मृत अवस्थामा फेला परेका छन् ।

