३ सय जनाबाट १५ करोड ठगी गर्ने ३ जना पक्राउ


काठमाडौं — काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारी पठाइदिने बहानामा १५ करोड रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ गरेको छ ।

कार्यालयले चितवनको भरतपुर महानगरपालिका १८ का २८ वर्षका राजकुमार भट्ट र कास्कीको पोखरा महानगरपालिका ८ का ४६ वर्षीय पवन पन्तलाई पक्राउ गरेको एक पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको हो ।

उनीहरूले विगत तीन देखि चार वर्षका अवधिमा ३०० भन्दा बढी व्यक्तिलाई वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै १५ करोड रकम ठगी गरेको कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले जानकारी दिए ।

उनका अनुसार उनीहरूले कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशमा पठाई दिन्छु भन्दै तीन सय जना भन्दा बढी व्यक्तिबाट करिब १५ करोड रकम ठगी गरेका हुन् ।

प्रतिक्रिया