एस. जयशंकरले गरे दोस्रोपटक विदेशमन्त्रीको पदभार ग्रहण, नारायणकाजीले दिए बधाई


काठमाडौं — भारत सरकारको विदेशमन्त्रीको रूपमा एस. जयशंकरले पदभार ग्रहण गरेका छन् ।

दोस्रो कार्यकालका लागि विदेशमन्त्री बनेका जयशंकरले पदभार ग्रहण गरेपछि नेपाली समकक्षी उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ बधाई दिएका छन् ।

श्रेष्ठले नेपाल–भारत बिचको न्यानो र घनिष्ठ सम्बन्धलाई अझ बलियो बनाउनका लागि सहकार्य गर्न तत्पर रहेको एक्समार्फत जनाएका छन् ।

जवाफमा जयशंकरले पनि परराष्ट्र मन्त्री श्रेष्ठलाई धन्यवाद दिँदै नेपाल–भारतको प्रगतिका लागि मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

 

प्रतिक्रिया