भीआइपी टार्गेट गरेर ‘हनि ट्रयाप’ मा पार्ने शोभा पाठक र तारा बराल प्रहरी हिरासतमा

पूर्व प्रधानमन्त्रीदेखि बहालवाला परराष्ट्र मन्त्रीसम्मलाई फोन गर्थिन् शोभा


काठमाडौं -भीआइपी टार्गेट गरेर ‘हनि ट्रयाप’ मा पर्ने शोभा पाठक र तारा बराल प्रहरी हिरासतमा पुगेका छन् । दुईजना पीडित महिलाको उजुरीका आधारमा उनीहरु पक्राउ परेका हुन । तारा बराल यसअघि नै साइबर ब्युरोको नियन्त्रणमा थिइन भने शोभालाई आज ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो ।

उनीहरु दुवैको नाम राजनीतिक दलका उच्च तहका नेता,सुरक्षा निकायका उच्च अधिकारीसंग जोडिएको थियो । साइबर ब्युरोका एसपी दिपकराज अवस्थीका अनुसार शोभा र तारा दुवैले सामाजिक सञ्जालमार्फत व्यक्तिको चरित्रहत्या गर्ने लगायतका अपराधिका कार्य गरेको उजुरीका आधारमा उनीहरु पक्राउ परेका हुन । दुवैविरुद्धको अनुसन्धान जारी छ । दुवैविरुद्ध महिला पीडितले नै उजुरी दिएको एसपी अवस्थीले जानकारी दिए ।

उनीहरु दुवै स्वोघोषित सामाजिक अभियान्ता हुन ।

को हुन शोभा पाठक ?

पछिल्लोसमय एकपछि अर्को भीआइपीसँग नाम जोडिदै आएकी शोभाको वास्तविक नाम हो जानुका । धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका– ७ निवासी जानुका पाठक उर्फ ‘शोभा’ ३१ वर्षीया शोभाले हालसम्म चौथोपटकसम्म बिहे गरिसकेको पाइएको छ । उनले आफ्नो लाभकै लागि विभिन्न व्यक्तिसँग सम्बन्ध जोड्ने र ब्याल्कमेल गरेर ‘हनि ट्रयाप’मा पार्ने गरेको विभिन्न प्रमाणले देखाएको छ ।

शोभाले विभिन्न व्यवसायी, राजनीतिक दलका नेता तथा सुरक्षाकर्मीसहित विशिष्ट व्यक्तिहरुसँगको सम्बन्ध सार्वजनिक गर्दै आएको पाइएको छ । विभिन्न कार्यक्रममा भेट भएको बेला फोटो लिइहाल्ने र सम्बन्ध बनाउँदै बागर्नेनिङ समेत गर्ने गरेको पाइएको छ ।

उनले कयौंसँग उठबस गर्दैै बार्गेनिङ तथा ब्ल्याकमेलिङ गर्नेसम्मका घटना सतहमा आएका छन् । शोभाले सम्बन्ध राखेर कसै–कसैबाट मोटो रकम तथा जग्गा जमिन आफ्नो नाममा ल्याउने गरेको समेत खुलेको छ । शोभाले कानुनको दुरुपयोग गर्दै जवरजस्ती करणीको चारवटा मुद्धासमेत दर्ता गरेको बताइन्छ । शोभाले विषेशगरी पैसा र पावर भएका व्यक्तिसँग चिनजान हुनसाथ मदिरा सेवन गर्ने, अश्लिल शब्दहरु बोल्ने र त्यसलाई आफैं रेकर्ड गरी ट्र्यापमा पार्ने गरेको पाइएको छ । उनले पूर्वप्रधानमन्त्रीदेखि परराष्ट्रमन्त्रीलाई मध्यरातमा फोन गर्ने गरेको,उनीहरुसंग कुरा गरेपछि त्यसको स्क्रिन सट राख्ने गरेको प्रमाण कागजपत्रलाई समेत प्राप्त भएको छ ।

‘शोभा’ले २०६४ सालतिर स्कुल पढ्दापढ्दै परिवारको सहमति बिना नै भागेर खेम छत्कुलीसँग प्रेम विवाह गरेकी थिइन् ।  उनीबाट एक छोरा जन्मिएको केही वर्षपछि छोराको भविष्य उज्वल बनाउने सपना बोकी छत्कुली विदेश गए ।

श्रीमान विदेश गएपछि शोभा बच्चालाई राम्रो स्कुल पढाउने भन्दै धादिङवेसीमा शिवराम भण्डारीको घरमा भाडामा बस्न थालिन । धादिङवेसीमा  बस्दाबस्दै काठमाडौँमासमेत घर भएका व्यवसायी उनको घरधनी शिवराम भण्डारीलाई मायाँजालमा पारेर शोभाले शारीरिक सम्बन्धमा रहेको भिडियो, अडियो रेकर्ड गर्दै उनलाई विभिन्न प्रकारका ब्ल्याकमेल गर्न थालिन् ।

उक्त सप्रमाणसहित धादिङ प्रहरी चौकीमा करणी मुद्धा दर्ता गरी मेलमिलाप गर्न खोज्दा एक करोड दिए मिल्छु नत्र मलाई कान्छी श्रीमतीको रुपमा विवाह गर्नुपर्छ भनेपछि घरवेटी शिवराम भण्डारीले घर परिवार मिलाई बाध्य भएर २०७० साल भदौ ११ गते सामाजिक परम्परा अनुसार विवाह गरे ।  २०७२ साल असार १० गते उनले स्थानीय तहमा विवाह दर्ता गरेकी थिइन् ।

सिवरामले विवाहपछि कान्छी श्रीमतीको रुपमा उनलाई काठमाडौँ स्थित स्वयम्भुको घरमा राखे । सोही क्रममा काठमाडौँमा बस्दा शोभाले कहिले नेपाली सेना, नेपाल प्रहरी, राजनीतिक व्यक्ति त कहिले व्यापारिक क्षेत्रका मानिससँग भेटघाट बढाउन थालिन ।

शोभाको सिकार बने एकजना क्याप्टेन । शोभाले सिलवाल थर भएका क्याप्टेनलाई हनीट्र्यापमा पारेर क्याप्टेनको श्रीमतीसँग डिभोर्स गराउन बाध्य पारिन् । त्यसमा उनले क्याप्टेनसँग पनि मोटो रकम असुल गरेको बताइन्छ ।

२०७२ सालमा उनका पहिलो श्रीमान् छत्कुलीको सवारी दुर्घटनामा रहस्यमय मृत्यु भयो । पहिलो श्रीमानको मृत्युपछि उनले छोराको वास्ता गर्न छाडिन । त्यही बेला शोभाले सुदूरपश्चिमका एकजना व्यावसायीलाई आफु अविवाहित रहेको भनेर पारिवारीक सम्बन्ध बनाउँदै हनीट्र्यापमा पारिन् ।

पछि ती व्यावसायीसँग पनि शोभाले मोटो रकम असुलेको बताइन्छ ।

यतिमात्रै होइन शोभाले मधेसी दलका एकजना पूर्वमन्त्रीलाई पनि हनीट्र्यापमा पारी दुई कठ्ठा जग्गा हडप्न सफल भइन । शोभाको नाम माउन्टेन टेलिभिजनका सञ्चालक राजु कँडेलसँग समेत जोडिएको थियो ।

कँँडेलको स्वघोषित रुपमा कान्छी श्रीमती भन्दै टेलिभिजनका कर्मचारीहरुलाई हप्कीदप्की समेत उनले गरेको कर्मचारीहरु बताउँछन् ।

आफूलाई पत्रकार बताउँदै शोभा माउन्टेन टेलिभिजनको गाडीसमेत लिएर हिड्ने गर्दथिन् । उनले कँडेलको पद्म कोलोनी निर्माणका लागि कर्मचारी सञ्चय कोषबाट पर्याप्त धितो नराखी ऋण अधिकृतलाई सेटिङ गर्दै ४६ करोड ऋण निकाशा गराएको बताइन्छ । उक्त ऋण निकाशा गराए बापत उनले कँडेलसँग केही करोड रकम र पद्म कोलोनीको २० प्रतिशत शेयर आफ्नो नाममा गराएको दाबी स्रोतको छ ।

लामो समयसम्म कर्मचारी सञ्चय कोषको साँवा व्याज नतिरेपछि लिलामी निकाल्न खोज्दा पर्याप्त धितो नदेखिएकोले ठगी मुद्धा दर्ता गरी पक्राउ गर्न खोज्दा अदालतबाट स्टेअर्डर ल्याएर शोभाले रोकेकी थिइन ।

शोभाको अर्को सम्बन्ध नुवाकोटका जीतेन्द्र थापासँग देखिन्छ । उनीसँग बन्द कोठामा बसेर मदिरा सेवन गर्दै अश्लिल कुराकानी गरेको अडियो प्रमाण कागजपत्रसँग छ ।

पछिल्लो समय उनले आफुभन्दा ५ वर्ष कान्छा कालिकोटका २६ वर्षीय कपिल साहीलाई हनिट्र्यापमा पारी ०८० बैशाख १४ गते काठमाडौँ जिल्ला अदालतबाट चौथो विवाह दर्ता गरिन ।

कपिल साहीसँग पनि उनको सम्बन्ध स्थापित हुन सकेन । त्यसक्रममा शोभाले कपिलसँग जग्गा तथा मोटो रकम लिई गत मिति २०८० पौस २९ गते सोही अदालतमा पुगेर सम्बन्धविच्छेद गरेकी छिन् ।

शोभा पैसा र पावरवाला व्यक्तिलाई आफ्नो चंगुलमा फसाई आफ्नो स्वार्थ पुरा गर्न माहिर मानिन्छन् । पछिल्लो समय शोभाले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल,वहालवाला परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ,पूर्व गृहमन्त्री वामदेव गौतम र पूर्वमन्त्री महेश बस्नेतसँगका तस्बीर सार्वजनिक गर्दै आएकी थिइन ।

उनले नेताहरुसँग आफ्नो सम्बन्ध रहेको देखाउँदै विभिन्न व्यक्तिसंग काम गरिदिने भन्दै रकम समेत लिएको बताइन्छ । प्रचण्ड सरकारमा रहेका वहालवाला एकजना मन्त्रीले त शोभासँग पटक–पटक भिडियो अडियो कल गरेको देखिन्छ । जहाँ शोभाले आइ लभ यु सम्म भनेर दुईजनाको फोटो जोडेर म्यासेज समेत पठाएको पाइएको छ ।

को हुन तारा बराल ?

आफूलाई सामाजिक अभियन्ता बताउने तारा बराल चितवनकी हुन । पछिल्लो समय उनी विभिन्न स्थानमा गएर मनलाग्दी बोल्दै चर्चामा आएकी थिइन । युटुवरको साथ पाएकी बरालले नेपाल प्रहरीका पूर्व एआईजी रणबहादुर चन्दसँग जोडियो ।

बरालले सामाजिक सञ्जाल तथा युट्युब च्यानलहरूबाट चरित्रहत्या गरेको चन्दको आरोप थियो । उनले चन्दसँग प्रेममा रहेको बताउँदै एकपटक त दबाब दिएर विवाह गर्ने सहमतीको कागज समेत तयार पार्न लाइन । चन्द डिभोर्सी हुन् भने बराल एकल महिला हुन् ।

राज्यका उच्च पदस्थमाथि असभ्य रुपमा प्रस्तुत हुने उनी कहिले अख्तियार त कहिले अदालतमा धर्न दिन थालिन । चर्चामा आउनका लागि उनले अनेक हर्कत गर्न थालिन ।

सामाजिक सञ्जालको दुरुपयोगबाट कयौंको चरित्र हत्या भएको छ ।

 

प्रतिक्रिया