सेन्चुरी बैंकका पूर्वअध्यक्ष श्रेष्ठसहित ८ पक्राउ


काठमाडौं — सेन्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ गरेका छन् ।

बैंकको ऋण प्रवाहका क्रममा अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो।

यसअघि सो प्रकरणमा प्रहरीले बैंकका पूर्वसीईओ तुलसीराम गौतम र पूर्वसीईओ मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरेको थियो । ती मध्ये केही हाजिर जमानीमा छुटेका छन् ।

 

प्रतिक्रिया