काठमाडौंमै घरबाट २१ लाखको चोरी


काठमाडौं -काठमाडौं, टोखा नगरपालिका–५ श्रीटोल डेरा गरी बस्ने स्याङजाकी एक महिलाको घरमा २१ लाख बराबरको धनमाल चोरी भएको छ ।
पुष्पा भण्डारी उपाध्यायको कोठाबाट कोही नभएको अवस्थामा कोठाको ताला फोडेर सामान चोरी भएको हो । प्रहरीका अनुसार नगद, सुनका विभिन्न गरगहना, ल्याटप, मोबाइल गरी करिब २१ लाख ९५ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया