चितवनमा युवक र महिला मृत फेला


काठमाडौं – चितवनका छुट्टाछुट्टै स्थानमा एक युवक र एक महिला मृत अवस्थामा फेला परेका छन् । भरतपुर महानगरपालिका–२१, रंगिला वस्तीमा २५ वर्षीय सुवास नेपाली र भरतपुर महानगरपालिका–२३, खड्गौलीकी ५० वर्षीया बुधनी दराई मृत अवस्थामा फेला परेका हुन ।
नेपालीको शव घरबाट करिब दुई किलोमिटर टाढा खेतमा फेला परेको प्रहरीले जनाएको छ । यस्तै दराईको शव केरुंगा खोलानजिकै भेटिएको हो ।

प्रतिक्रिया