सुदूरपश्चिममा एमालेबाट पाल,थापा र सार्की मन्त्री बन्दै


काठमाडौं-नेकपा एमालेले सुदूरपश्चिम प्रदेशको सरकारमा सहभागि हुने मन्त्रीको नाम टुङ्गो लगाएको छ ।
मुख्यमन्त्री दिर्घ सोडारीले आज मन्त्रीपरिषद् विस्तारको तयारी गरेका छन् । एमालेबाट सुरेन्द्र पाल, वीर बहादुर थापा र हिरा सार्की मन्त्रीको नाम टुङ्गो लागेको बताइएको छ । सुरेन्द्र पाल प्रदेश सरकारको अर्थमन्त्री बन्ने एमाले नेताहरुले पुष्टि गरेका छन् ।
अन्य दुई मन्त्रालयको भने टुङ्गो लाग्न बाँकी छ । माओवादी केन्द्रले पनि आजै मन्त्रीको नाम टुङ्गो लगाउन संसदीय दलको बैठक बोलाएको छ ।

प्रतिक्रिया