मित्र मिलन सहकारी ठगीमा संलग्न दुई जना पक्राउ


पोखरा – मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा संलग्न पूर्वअध्यक्षसहित दुई जना पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय गगनगौड कास्कीले शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२१ कृस्तीका ३० वर्षीय भरत भट्टराई र सोही ठाउँका २८ वर्षीय सुवास अधिकारी छन् ।

भट्टराई उक्त सहकारीका पूर्वअध्यक्ष हुन् भने अधिकारी सहकारीका गैह्र सदस्य रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका दुबै जनालाई आइतबार अदालत पेश गरिएको छ ।

कास्की प्रहरीले सहकारीमा ३१ करोड ७८ लाख रकम हिनामिना भएको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा ८ पुसमा पेस गरेको थियो।

प्रहरीले सहकारीमा भएको ठगीको अनुसन्धानसँगै बचतकर्ताले दिएको उजुरीका आधारमा सो रकमबराबरको बिगो दाबी गर्दै प्रतिवेदन तयार गरी पेस गरेको थियो।

प्रतिक्रिया