थुनुवा छुटाइदिने भन्दै ४५ लाख ठगी गर्ने मुन्ना पक्राउ


काठमाडौं – थुनामा रहेको व्यक्तिलाई छुटाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सर्लाहीको मलंगवा नगरपालिका घर भई हाल ललितपुर महानगरपालिका-२३ धापाखेल बस्ने मुन्ना सिंह भन्ने सुजित कुमार सिंहलाई धापाखेलबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

मुन्नाले जुवा तथा सट्टेबाजी सम्बन्धी कसूर मुद्धामा थुनामा रहेको सञ्जय कुमार साहलाई छुटाई दिने भन्दै ४५ लाख ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मुन्नाले सञ्जयका आफन्तहरुसँग सम्पर्क गरेर आफ्नो उच्च पदस्थ ब्यक्तिहरुसँग चिनजान रहेको र आफै सरकारी वकिल, न्यायधिश, प्रहरी समेतलाई पैसाले सेटिङ मिलाउने भन्दै २० लाख नगद र चेक मार्फत २५ लाख गरी लिएका थिए ।

मुन्नाले सञ्जयका आफन्तलाई तलदेखि माथिसम्म पैसाले सेटिङ मिलाउँछु भनी उक्त रकम लिएको प्रहरीले जनाएको छ ।सञ्जयलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया