

गजुरीबाट हराएका १५ वर्षीय किशोरको शव फेला

काठमाडौँ – धादिङको गजुरी गाउँपालिका–५ स्थित घाटवेशीबाट हराएका १५ वर्षीय किशोरको शव भेटिएको छ ।
त्रिशूलीको २० फिट गहिराइबाट युनिक सुवेदीको शव निकालिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।
जेठ २६ मा घाटवेशीबाट सुवेदी र १३ वर्षीय रिदम कोइराला हराएका थिए ।
सशस्त्र प्रहरी बलको गोताखोर टोलीले सुवेदीको शव निकालेको हो । कोइरालाको अवस्था अझै अज्ञात छ ।

