
बल्खु हत्याकाण्ड: योजनाबद्ध रुपमा पत्निको हत्या गर्ने कुलेश्वरबाट पक्राउ
काठमाडौं – काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्तीमा ३३ वर्षीय सन्तोषी श्रेष्ठ सापकोटाको हत्या आरोपमा उनका श्रीमान सन्तोष सापकोटा पक्राउ परेका छन्।
हत्या आरोपी सन्तोष सापकोटालाई कुलेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। सोमबार साँझ बोरामा पोको पारेको अवस्थामा सन्तोषीको शव फेला परेको थियो।
सन्तोष सापकोटा उर्फ यज्ञकुमारले ह्यामरले हिर्काएर पत्नीको हत्या गरेको प्रहरीसँग स्वीकारेका छन्।
लागुऔषध सेवनकर्ता समेत रहेका सन्तोष र पत्नीबीच पछिल्लो समय विवाद देखिन्छ महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख एबं एसएसपी अशोक सिंहले बताए।
योजनाबद्ध रुपमा पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसएसपी सिंहले बताए । श्रीमतीको हत्यापछि उनको सिक्री, बाला, मुन्द्रा र रकम सन्तोषले निकालेका थिए।



कागजपत्र |
