गुटगत भेलामा नजान एमाले महासचिवको निर्देशन


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नाममा यही चैत ४ र ५ (आज र भोली) राष्ट्रिय भेला आयोजना गर्ने भनी सूूचना प्रचार भएकामा उक्त पार्टीका महासचिव ईश्वर पोखरेलले उक्त भेला आधिकारिक नभएको जनाएका छन् । एमालेको झलनाथ-माधव समूहले आज पत्रकार सम्मेलन गरी भेलाको जानकारी दिएको थियो ।

महासचिव पोखरेलको विज्ञप्तिमा ‘यस्तो अनाधिकृत गुटगत भेला नगर्न/नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा (एमाले) ले सबै नेता/कार्यकर्तालाई विशेष निर्देशन गरिएको छ ।

‘अन्यथा, मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावली बमोजिम हुने कुरा पनि स्पष्ट गरिन्छ’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया