नक्कली नोटसहित कलंकीबाट पक्राउ परिन् तारादेवी


काठमाडौं – कलंकीबाट प्रहरीले नक्कली नोटसहित एक महिलालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ कलंकीमा चिया पसल संचालन गरी बस्ने तारा देबी डंगोल रहेकी छन् ।

डंगोललाई कलंकीबाट नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो ।

डंगोलको साथबाट नेपाली एक हजार दरको ५१५ थान नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको पसल तलासी गर्दा नक्कली नोट फेला पारी उनलाई पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया