यसरी हुँदैछ झोलुंगे पुलमा अड्किएका खच्चडकाे उद्धार


काठमाडौं- कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा पुलमै अड्किएका खच्चडहरूकाे उद्धार कार्य सुरु भएको छ ।

पुलबाटै उद्धार गर्न नसकिएकाले तार काटेर फसेका खच्चडलाई नदीमा खसाल्न थालिएको स्थानीयले बताएका छन् । खसेका खच्चडलाई तल नदीमा डुंगामा राखेर निकाल्ने काम भइरहेको छ ।

आइतबार बिहान अछाम र दैलेख जिल्ला जोड्ने कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा सामान बाेकेर ल्याउँदै  खच्चड पुलमै फसेका थिए । अहिले दुवै जिल्लाका प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले उद्धार थालेको हो ।

झोलुंगे पुलबाट एकैचोटी धेरै खच्चड लैजान खोज्दा दुर्घटना भएकाे स्थानीयले दाबी गरेका छन् ।

प्रतिक्रिया