सिन्धुलीमा गाडी दुर्घटना, ४ जनाको मृत्यु, ७ घाइते


सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिकामा गाडी दुर्घट्ना हुँदा ४ जनाको मृत्यु भएका छन् भने ७ जना घाईते भइएका छन् ।

सिन्धुलीमाडी बजारबाट बाँसकटेरीतर्फ गईरहेको डबल क्यापको गाडी दुर्घट्ना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ । गाडी बाँसकटेरीतर्फ जाँदै गर्दा कमलामाई नगरपालिका ७ करमडाँडामा दुर्घटना भएको हो । गाडीमा ११ जना सवार थिए ।

मृत्यु हुने सबै कमलामाई नगरपालिका–७ बाँसकटेरीका हुन् । एपी तिमिल्सिनाका अनुसार, मृत्यु हुनेहरुमा ६०–६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षीया रीता इस्माइली, १८ वर्षीया दुर्गा श्रेष्ठ र दुर्गाकै २ वर्षीय छोरा मनिष श्रेष्ठ छन् ।

सिन्धुली अस्पतालमा २७ वर्षीय धनबहादुर श्रेष्ठ, २० वर्षीया शान्तिमाया थिङ, २२ वर्षीया कविता श्रेष्ठ, ५० वर्षीया सुनमाया थिङ, ३० वर्षीया सुनमाया थिङ, २८ वर्षीय बिनिता श्रेष्ठ घाइते भएका छन् । घाइतेहरुको सिन्धुुली अस्पतालमा उपचार भइरहेको छ ।

 

 

प्रतिक्रिया