दक्षिणकालीको जंगलमा मृत भेटिएका महिला पुरुषको पहिचान खुल्यो,दुर्घटनाको आशंका


काठमाडौं – काठमाडौँको दक्षिणकालीमा नगरपालिका–८ स्थित केराबारीमा मृत अवस्थामा फेला परेका दुईजनाको पहिचान खुलेको छ । मृत भेटिनेमा धादिङ सिद्धलेख गाँउपालिका–५ घर भई हाल भक्तपुर बस्दै आएका ४२ वर्षीय रामचन्द्र खनाल र भक्तपुरको चागुनारायण नगरपालिका–५ की ३२ वर्षीया सरिता राई छन् ।

उनीहरु मृत भेटिएकोे स्थानमा मोटरसाइकल समेत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । घटनास्थलमा बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल भेटिएको छ । भिरालो जमिनका कारण शव निकाल्न असहज भएपछि नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट टोली मगाएर शव निकालिएको छ ।

प्रहरीले उनीहरु एकै मोटरसाइकलमा सवार भएको र दुर्घटनामा भएको हुनसक्ने प्रारम्भीक निस्कर्ष निकालेको छ ।

प्रतिक्रिया