दक्षिणकालीको जंगलमा २ जनाको शव भेटियो, मोटरसाइकलसँगै खसेको अनुमान


काठमाडौं – काठमाडौँको दक्षिणकालीमा नगरपालिका–८ स्थित केराबारीमा मूल सडकबाट खसेर दुई जना मृत अवस्थामा भेटिएका छन् ।

मोटरसाइकलबाट खसेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए ।

मृत्यु हुनेमा एक जना महिला र एक जना पुरुष छन् । घटनास्थलमा बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल भेटिएको छ ।

भिरालो जमिनका कारण शव निकाल्न असहज भएपछि नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट टोली परिचालन गरिएको छ ।

करिब ५ दिनअघि मोटरसाइकलसँगै उनीहरू खसेको आकलन गरिएको छ । बुधवार दिउँसो बाख्रा चराउन जाँदा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका हुन् ।

घटनाबारे प्रहरी प्रभाग फर्पिङले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया