सर्वदलीय बैठकमा नेपाल पक्ष र जसपा अनूपस्थित


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ४ बजेको लागि बोलाएको सर्वदलीय बैठकमा नेकपा (एमाले) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल नजाने भएका छन् ।

आफ्नो पक्षको भोलिको राष्ट्रिय कार्यकर्ता भेलाको तयारीमा व्यस्त रहने भएकोले राष्ट्रपति भण्डारीले आज साँझ बोलाएको सर्वदलीय बैठकमा नेता नेपाल जान नसक्ने उनको सचिवालयले जनाएको छ ।

उता, एमालेकै वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि आफू उक्त बैठकमा नजाने स्पष्ट पारिसकेका छन् ।

त्यस्तै, जनता समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराई पनि सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन्।

नेकपा माओवादी केन्द्रबाट भने अध्यक्ष पुष्पकमल दाहाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठकमा सहभागी हुने श्रेष्ठले जानकारी दिए।

 

 

 

प्रतिक्रिया