नेपाल पक्षको राष्ट्रिय भेलामा ओलीलाई निम्ता, ‘यो भेला तपाईँकै हो तपाई आफै आउनुस्’


काठमाडौँ – नेकपा एमालेको नेपाल-खनाल समूहले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई बुधवारबाट सुरु हुने राष्ट्रिय भेलामा आतिथ्यताका लागि आउन निम्ता दिएको छ ।

बुधवारबाट सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमार्फत सो समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई भेलामा आएर आतिथ्यता गर्न भनेका हुन् ।

‘यो भेला तपाईँकै हो तपाई आफै आउनुस्, आथित्यता ग्रहण गर्नुस्,’ भट्टराईले पत्रकार सम्मेलनबाटै ओलीलाई आग्रह गर्दै भने । भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुखसमेत रहेका भट्टराईले सम्पूर्ण तयारी पुरा भएको बताए ।

ओलीले मङ्गलवार बालुवाटारमा गरेको चियापानमा नेपाल-खनाल समूहका नेताहरू सहभागी नभएपछि भोलीको भेलामा कोको जान्छ आफूले हेर्ने भन्दै नेताकार्यकर्तालाई नजान चेतावनी दिएका थिए । त्यसपछि भट्टराई ले ओलीलाई नै भेलामा आतिथ्यताका लागि आउन भन्दै व्यङ्ग्य गरेका हुन् ।

 

प्रतिक्रिया