देउवाको मौनता रहस्यमय : नेता पौडेल


पोखरा – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको मौनता रहस्यमय भएको बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पूर्णप्रसाद-माया शान्ति पत्रकारिता पुरस्कार अर्पण कार्यक्रममा नेता पौडेलले अहिलेको अवस्थामा पार्टी सभापति शेरबहादुर देउवाको मौनता रहस्यमय लागेको जनाउँदै नेपाली राजनीतिमा कांग्रेसको भूमिका ठूलो रहेको बताए।

संसद्मा हाम्रो सङ्ख्या थोरै होला तर हाम्रो भूमिका महत्वपूर्ण छ, अब ढुलमुलरूपमा बस्नु हुन्न देशलाई निकास दिनुपर्छु, उनले भने। उनले आफू निर्णायक भूमिकामा नभएकाले अहिले सुझावमात्र दिन सक्ने बताए। वरिष्ठ नेता पौडेलले मुलुकलाई सही ढङ्गले चलाउने सक्ने पार्टी कांग्रेसमात्र रहेको दाबीसमेत गरे।

कार्यक्रममा पत्रकारितामा क्रियाशील हिमनिधि लौडारीलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया