टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु


उदयपुर — उदयपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। मदन भण्डारी लोकमार्गमा पर्ने उदयपुरको त्रियुगा नगरपालिका– १ फुलजोर खण्डमा मंगलबार (आज) टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो।

पूर्वबाट आइरहेको प्र.१–०२–००१ख८५१४ को टिपरले विपरीत दिशाबाट आइरहेको प्र.१–०२–०५२प३९५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटसाइकल चालक बेलका नगरपालिका– १ का वर्ष ३० का रविन श्रेष्ठ र मोटरसाइकलको पछाडि सवार त्रियुगा नगरपालिका– ३ का वर्ष २४ का हिरा राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने टिपर र टिपरका चालक प्रहरी नियन्त्रणमा रहेको जानकारी दिँदै घटनाको अनुसन्धान भइरहेको बताए।

प्रतिक्रिया