बालिका अपहरण गर्ने गौशालाका बाबा समातिए


महोत्तरी- बालिका अपरहणको आरोपमा महोत्तरीका एक बाबा पक्राउ परेका छन् ।

गौशाला नगरपालिका-१० बस्ने बाबा लालबावु खत्वे मण्डललाई अपहरणको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारले बताए ।

उनलाई  बालिकालाई अपरहण गरेर लगिरहेको अवस्थामा पक्राउ गरिएको हो । उनी तीन महीनादेखि सोनमा गाउँपालिकाको खेसरामा बस्दै आएका थिए । घरमा कोही नभएको  बेला उनले बालिकालाई फकाइफुलाइ लगेको प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया