विद्यार्थीलाई कुटपिट गरेको आरोपमा पक्राउ परे शिक्षक


काठमाडौँ – विद्यार्थीलाई कुटपिट गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

होमवर्क नगरेको र अक्षर नराम्रो भएको भन्दै कुटपिट गरेको आरोप उनीमाथि छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका-३२ मा रहेको युनिभर्स इंग्लिस बोर्डिङ स्कुलका शिक्षक सुदिप अधिकारी छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।

उनले कक्षा ५ मा अध्ययनरत ९ वर्षीय एक विद्यार्थीलाई होमवर्क नगरेको र अक्षर नराम्रो भएको भन्दै कुटपिट गरेको आरोप लागेको छ ।

प्रतिक्रिया