सुन्धारामा महिलाले ट्याक्सीबाटै चोरीन सुनको सिक्री,३ जना पक्राउ


काठमाडौं -काठमाडौंको सुन्धारामा ट्याक्सीबाटै सुनको सिक्री चोर्ने महिलासहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा घर भई काठमाडौं कपुरधारा बस्दै आएकी २८ वर्षीया उषा विष्ट,सर्लाही घर भई काठमाडौं तारकेश्वर बस्दै आएका रामहरी खड्का र सर्लाही घर भई चावहिल बस्दै आएका ३७ वर्षीय शंकर चौधरी छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उषाले सुन लुटेर ल्याएकी थिइन भने अन्य दुई जनाले किनेका थिए । उषाले एकै ट्याक्सीमा सवार कविराज नेपालीले घाटीमा लगाएको सुनको सिक्री चोरेर फरार भएकी थिइन ।
उनीहरुको साथबाट सुनको सिक्री समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया