काठमाडौं महानगरले फुटपाथ बनाउन खनेको ठाउँमा डिभिजनले सडक बनायो


काठमाडौं- फुटपाथ बनाउने भन्दै काठमाडौं महानगरपालिकाले भत्काएको बाटो डिभिजन सडक कार्यालय काठमाडौंले कालोपत्रे गर्न थालेको छ । भत्काएको सडक सम्याउन महानगरलाई दिएको निर्देशन अटेरी गरेपछि कार्यालय आफैंले कालोपत्रे गर्न थालेको हो ।

यसअघि सडक डिभिजन कार्यालयले काटिसकेको सडक २ दिनभित्र नटाले कारबाही गर्ने चेतावनी समेत दिएको थियो ।

काठमाडौं महानगरपालिकाले न्यूरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै १२ जेठमा इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने विशाल बजार अगाडिको सडकको कालोपत्रे काटेको थियो । त्यसक्रममा कार्यालयले महानगरको निर्माण सामग्रीसमेत नियन्त्रणमा लिएको थियो ।

डिभिजन सडक कार्यालयले आफैं पिच गर्न थालेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टीस्टेटसँग जोडेर आक्रोस पोखेका छन् ।

 

प्रतिक्रिया