सलमान खानमाथि फेरि आक्रमणको योजना, चार जना पक्राउ


एजेन्सी- मुम्बई प्रहरीले अभिनेता सलमान खानमाथि आक्रमणको योजना बनाएको आरोपमा चार जनालाई पक्राउ गरेको छ।

फेब्रुअरीमा पनि लरेन्स बिश्नोई गिरोहका १६-१७ जनाले पनवेलमा रेके गरेको मुम्बई प्रहरीले जनाएको छ। सलमान खान पनवेल जाँदै गर्दा आक्रमण गर्ने योजना बनाउएको र र यस सम्बन्धमा गत हप्ता चार जनालाई पक्राउ गरिएको मुम्बई प्रहरीले जनाएको छ ।

गत महिना मात्र मुम्बईको बान्द्रास्थित सलमान खानको घरमा गोली हानाहान भएको थियो । प्रहरीले यस घटनामा संलग्न दुई अभियुक्तलाई पक्राउ गरेको थियो, जसमध्ये एकले जेलमै आत्महत्या गरेका थिए।

प्रतिक्रिया