नक्कली प्रहरीले काठमाडौंको सुन पसल लुटे


काठमाडौं- काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१२ स्थित कपनको मुस्कान चोक नजिक रहेको सुन पसलमा लुटपाट भएको छ ।

घटनामा संलग्न रहेका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ४८ वर्षीय भाग्यराम पाइनलाई पक्राउ गरेकाे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।  पाइनेको साथबाट ५० दरको ३ सय अमेरिकी डलर र मोबाइल प्रहरीले बरामद गरेको थियो ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ अत्तरखेल बस्दै आएका पाइन र उनको समूहले गत जेठ १३ गते सोहील बाह्रबिसे सुनचाँदी पसलमा लुटपाट गरेका थिए । उनीहरूले ‘हामी सादा पोसाकका प्रहरी हौँ, तपाईंको पसलको अनुसन्धान गर्न आएका हौँ’ भन्दै उनीहरूले विकलाई पसल खोल्न लगाएका थिए ।

पसल खोलेपछि उनीहरू विकलाई कुटपिट गरी पसलमा रहेको अन्दाजी ५ तोला सुनका विभिन्न गरगहना र मोबाइल लुटपाट गरी फरार भएका थिए ।

लुटपाटमा संलग्न अन्य ३ जनालाई प्रहरीले खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया