रेष्टुरेन्टको काम भन्दै नाबालिकालाई वेश्यावृतिमा लगाउने दुई महिला पक्राउ


काठमाडौं- नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा जिरी नगरपालिका–९ घर भएकी २५ वर्षीया मञ्जु भन्ने श्रृजना खनाल तामाङ घिसिङ र नुवाकोट वेलकोटगढी नगरपालिका- ४ घर भएकी २६ वर्षीय निशा भन्ने रमिला नेपाली रहेका छन् ।

काठमाडौं महानगरपालिका–७ स्थित स्वागतम् रेष्टुरेन्ट एण्ड बारमा नाबालिकालाई जबरजस्ती वेश्यावृतिमा लगाएको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले बार संचालक उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूले नाबालिकालाई रेष्टुरेन्टमा वेट्रेसको काम लगाउने भनी जबरजस्ती वेश्यावृतिमा लगाई दैनिक रुपमा ५ देखि १५ जना ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न बाध्य बनाएको अभियोग छ ।

पक्राउ परेका दुवैविरूद्ध  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेकाे छ ।

 

प्रतिक्रिया