३५ वर्षीया महिलालाई जबरजस्ती गरेको आरोपमा २७ वर्षीय युवक पक्राउ


पाल्पा- पाल्पाकाे रम्भा गाउँपालिका-५ स्थित होटलमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने २७ वर्षीय मुकेश महतोलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

मुकेशले ती महिलालाई शनिबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ताँहु र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी उनलाई पक्राउ गरेको जानकारी दिइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया